Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राप्रपाका महामन्त्री धवलशमशेर राणा भन्छन्– चैत १ गतेदेखि वृहत् राष्ट्रवादी आन्दोलन गर्छौँ





काठमाडौँ ।
राप्रपाका महामन्त्री डा धवलशमशेर राणाले चैत १ गतेदेखि वृहत् राष्ट्रवादी आन्दोलन गर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजतन्त्र फर्काउने उद्देश्यका साथ चैत १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिने बताए ।
‘अब राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि आउँदो चैत महिनाको १ गतेदेखि बृहत् राष्ट्रवादी आन्दोलनको सुरुवात गरिँदै छ । सनातन धर्म र राजसंस्थाको पक्षमा ऐक्यबद्धता जनाउन सबै राष्ट्रप्रेमी नेपालीहरूलाई सक्रिय सहभागिताको लागि आह्वान गर्दछु’, उनले भने ।
राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका उनले पूर्वराजा ज्ञानेन्द्र शाह स्वागत भव्य भएको समेत बताए । राप्रपाले यसअघिदेखि नै आन्दोलनको तयारीस्वरुप काठमाडौँसहित विभिन्न सहरमा प्रदर्शन गर्दै आएको छ ।