Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जिल्ला प्रशासन कार्यालय पर्सा अगाडी मिटरब्याज पीडितले गरे आत्मदाहको प्रयास





पर्सा ।
जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि आज एकजनाले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा अधिकारीहरुको बैठक बसिरहेकै समयमा बाराको पचरौता नगरपालिकाका वृजकिशोर साह भन्ने व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् ।
शरीरमा प्रज्जवलनशील पदार्थ छर्किएर आगो लगाउने प्रयास गर्दा सशस्त्र प्रहरीले रोकेको छ । उनलाई रोक्ने क्रममा सामान्य घाईते पनि भएका छन् । सशस्त्र प्रहरीले उनलाई तत्काल जिल्ला प्रशासन कार्यालयकै गाडीमा राखेर नारायणी अस्पतालमा लगिएको छ । उनको अवस्था सामान्य नै रहेको छ ।
त्यसअघि उनले विष पनि सेवन गरेको हल्ला भएको छ । पचरौता स्थायी ठेगाना भएपनि वीरगन्जको रानीघाटमा बस्दै आएका उनी मिटरब्याज पीडित भएको बताईएको छ । थप विवरण भने आउन बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टले जिल्ला प्रशासन कार्यालय भित्रै बैठकमा रहेको बेला जानकारी आएको र थप विषयमा बुझेर जानकारी गराउने बताए ।