Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्याब्सनको केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत





काठमाडौं ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अन्य पदमा भने आज निर्वाचन हुने छ । प्याब्सनको अध्यक्षमा टिका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए । उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो ।
त्यो सर्कुलर सार्वजनिक गरेपछि विवाद बढेको थियो र पुरी पछि हटेका थिए । त्यसपछि अधिकारी सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुलेको हो । प्याब्सनका हालका अध्यक्ष डीके ढुंगाना भन्दा अगाडि पुरीले प्याब्सनको नेतृत्व गरेका थिए ।