Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व राजालाई स्वागत गर्ने नाममा राजावादीहरुको शक्ति प्रदर्शन





काठमाडौं ।
पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले स्वागत गरे ।
विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए । पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गर्न भ्याए ।
विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजाले समर्थकहरूलाई अभिवादन गरे । समर्थकहरूले शाहलाई फूल, माला र खादाले स्वागत गरेका थिए ।
पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित ठूलो संख्यामा समर्थकहरू विमानस्थलको मुख्यद्वारमा भेला भएका थिए ।
समर्थकहरूको प्रदर्शनका कारण विमानस्थल आसपासको यातायात व्यवस्था प्रभावित भएको थियो । अस्तव्यस्त ट्राफिक व्यवस्थाका कारण बच्चा बोकेका यात्रुहरू लगेज गुडाउँदै हिँडिरहेको देखिन्थे ।