Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

७ वर्षमा २सय ६५ नेपालीलाई अमेरिकाबाट फर्काइयो





काठमाडौं ।
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या २६५ पुगेको छ । नेपाल प्रहरीको मानव बेचबखिन अनुसन्धान ब्यूरोका अनुसार पछिल्लो ७ वर्षको अवधिमा अमेरिकाबाट २६५ जना फर्काइएका छन् । फर्काइनेमा २५५ जना पुरुष रहेका छन् भने १० जना महिला रहेका छन् ।
जसमा चालू आर्थिक वर्ष ०८१–०८२ मा मात्रै ६६ जना नेपाली अमेरिकाबाट फर्काइएका छन् । जसमा ६० जना पुरुष रहेका छन् भने ६ जना महिला रहेका व्यूरोका प्रमुख समेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र जिसीले जानकारी दिए ।
उनका अनुसार माघ ७ मा अर्थात २० जनवरी २०२५ को दिनमा मात्रै ३८ जना नेपाली अमेरिकाबाट फर्काइएका छन् । जसमा ३३ पुरुष र ५ जना महिला रहेका छन् ।
पछिल्लो ७ वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७६–०७७ मा ८३ जना नेपाली अमेरिकाबाट फर्काइएका छन् । जसमा ८१ जना पुरुष र २ जना मलिा रहेका छन् । यस्तै आर्थिक वर्ष २०७५–०७६ मा ४५ जना, ०७७–०७८ मा ३० जना, ०८०–०८१ मा २१ जना, ०७९–०८० मा ७ जना अमेरिकाबाट फर्काइएका छन् ।