Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र न्युजिल्याण्ड खेल्दै





दुबई ।

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र न्युजिल्याण्ड आज खेल्दै छन् । खेल दिउँसो २:४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।

भारतले अस्ट्रेलिया तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । यसअघि समूह चरणमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई हराएको थियो ।

सन् १९९८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणको उपाधि सन् २००० मा न्युजिल्याण्डले जितेको थियो । संयोगवश त्यसबेलाको फाइनलमा भारतलाई नै हराएर न्युजिल्याण्डले पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेको थियो ।

अब २५ वर्षपछि न्युजिल्याण्डलाई इतिहास दोहोर्‍याउने अवसर छ । उक्त अवसरलाई अन्तिम नतिजामा बदल्न किवि टोलीले भारतको बलियो टोलीलाई हराउनुपर्नेछ ।

र्कोतर्फ भारतलाई पनि लामो समयपछि एकदिवसीय फर्म्याटको आईसीसी प्रतियोगिता जित्ने अवसर हुनेछ । भारतले पछिल्लोपटक सन् २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । त्यसअघि सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २००२ को च्याम्पियन्स ट्रफी भारतले जितेको थियो ।

भारत र न्युजिल्याण्ड आईसीसी क्रिकेट विश्वकप र च्याम्पियन्स ट्रफी गरेर कुल १३ पटक आमनेसामने भएका छन् जसमा भारत र न्युजिल्याण्ड समान ६ खेलमा विजयी हुँदा एक खेल बराबरी छ ।

आईसीसीका ओडिआई प्रतियोगिताको नकआउट खेलहरूमा दुई टोली हालसम्म ३ पटक भेट भएका छन् जहाँ न्युजिल्याण्ड २ तथा भारत १ खेलमा विजयी भएको छ ।

भारत : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेट कीपर), हार्दिक पांड्या, अक्षर पटेल, रवींद्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी और वरुण चक्रवर्ती

न्यूजीलैंड : विल यंग, ​​रचिन रवींद्र, केन विलियमसन, टॉम लैथम (विकेट कीपर), डेरिल मिशेल, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, मिशेल सेंटनर (कप्तान), काइल जैमीसन, विलियम ओरोर्के, मैट हेनरी/नाथन स्मिथ