

जनकपुरधाम ।
समाजिक क्षेत्रमा अलग पहिचान बनाएका श्री महावीर युवा कमिटीको अध्यक्षमा दिपककुमार साह ‘मिन्टु’ निर्वाचित भएका छन् । उहाँलाई १७१ मत आएको छ । मिन्टुका एकमात्र प्रतिद्वन्दी दिपनारायण साहलाई १६७ मत आएको छ ।
कमिटीको उपाध्यक्षमा अनिल कुमार साह २१४ मत ल्याई विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्दी रञ्जित साह म्यानेजर १११ ल्याएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार सतिशचन्द साह १२ मत ल्याएका छन् ।
महासचिवमा भरत साह १५५ मत ल्याइ विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्दी रञ्जन जायसवालको १११ र तेस्रो कम मत ल्याएका सन्तोष कुमार साह ७१ मत ल्याएका छन् ।
सचिव पदमा प्रदीपकुमार साह बिजयी भएका छन् । साहका किटतम प्रतिद्वन्दी मनोकुमार भगतको १०८ मत आएको छ भने तेस्रो नम्बरमा रहेका झुलाकुमार नागवंशीको ७५ मत आएको छ । यसैगरी कोषाध्यक्षमा अनिलकुमार प्रसाद २२६ मत ल्याइ जीत हासिल गरेका छन् उहाँका निकटतम प्रतिद्वन्दी नितेश जयशवालको ११४ मत आएको छ ।
