Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकामा १५ वर्षपछि पहिलोपटक गोली हानेर दिइयो मृत्युदण्ड





वाशिगंटन ।

अमेरिकाको दक्षिण क्यारोलिनाका एक पुरुषलाई आफ्नी पूर्वप्रेमिकाका आमाबाबुको हत्या कसुरमा मृत्युदण्ड दिइएको छ।

बीबीसीका अनुसार ६७ वर्षीय ब्राड सिग्मनलाई शुक्रबार गोली हानी मारिएको हो।

अमेरिकामा पछिल्लो १५ वर्षमा गोली हानेर कसैलाई मृत्युदण्ड दिइएको यो पहिलोपटक हो।

सिग्मनले २००१ मा आफ्नी पूर्व प्रेमिकालाई अपहरण गर्नुअघि उनका आमाबाबुलाई बेसबल ब्याटले मारेका थिए।

सिग्मनले आफूलाई गोली हानी मार्न अनुरोध गरेका थिए।

अमेरिकामा मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिलाई आफ्नो मृत्यु रोज्न तीन विकल्प दिइन्छ।

पहिलो, घातक सुई। दोस्रो, विद्युतीय कुर्सी। तेस्रो, गोली।