

जनकपुरधाम ।
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसर पारेर दिएको शुभकामना सन्देशको समर्थनमा राजवादीहरुले जनकपुरधाममा मोटरसाइकल रैली निकालेका छन् ।
राष्ट्रवादी नागरिक समाजको अगुवाईमा जनकचोकबाट शुरु भएको सो रैली भानुचोक, कदमचोक, विद्यापतिचोक, भ्रमरपुराचोक, रामानन्दचोक, पिडारी चोक, मिल्सएरिया हुँदै पुनः जनकचोक पुगेर सम्पन्न भएको थियो ।
रैलीको क्रममा राजवादीहरुले सरकार विरुद्ध नारावाजी गर्दै पूर्वराजाको पक्षमा नारा लगाएका थिए ।
