Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

थुमौनामा भएको ८० लाख रुपैयाँ लुटपाट घटनाको १० महिनापछि एकजना पक्राउ





जनकपुरधाम ।
धनुषा प्रहरीले ८० लाख रुपैयाँ लुटपाट गर्ने समूहका एकजनालाई पक्राउ गरेको छ । घटना भएको १० महिनापछि विशेष सूचनाको आधारमा मिथिला नगरपालिका ३का भरत कुमार महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक सिंहका अनुसार गत वैशाख २४मा जनकपुरधाम उपमहानगरपालिका १९ थुमौना सडक खण्डमा लुटपाट भएको थियो ।
उनले भने, ‘नम्बर नखुलेको मोटरसाइकलमा तीन जना आएर उक्त सडकखण्डबाट वीरेन्द्र महतोले बोकेर हिँडेको पैसा लुटपाट गरेका थिए, हतियार देखाइ महतोसँग भएको ८० लाख रुपैयाँ त्यो लुटिएको थियो । त्यही घटनामा संलग्न फरार प्रतिवादी आज पक्राउ परेका हुन् ।’
पक्राउ परेका महतोलाई जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।