Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शहजादीपछि यूएईमा थप २ भारतीयलाई फाँसी, अझै २६ जनालाई फाँसी दिने तयारी





एजेन्सी ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा थप दुई भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको छ । उनीहरू दुवै भारतस्थित केरलाका बासिन्दा थिए ।
भारतीय विदेश मन्त्रालयले मार्च ५मा जारी गरेको विज्ञप्तिमा मोहम्मद रिनाश र मुरलीधरन पीभीलाई मृत्युदण्ड दिइएको हो । रिनाशलाई यूएईका नागरिक र मुरलीधरनलाई भारतीय नै नागरिकको हत्या गरेको कसुर थियो ।
यसअघि फेब्रुअरी १५ मा मात्रै एक बच्चाको हत्या कसुरमा भारतीय महिला शहजादी खानलाई यूएईमा मृत्युदण्ड दिइएको थियो ।
भारतको विदेश मन्त्रालयले इमिरेट्समा रहेको भारतीय दूतावासले रिनाश र मुरलीधरन दुवैलाई बचाउन सबै प्रयास गरिएको तर सम्भव नभएको बताएको छ । भारतीय विदेश मन्त्रालयले फेब्रुअरी १३ मा संसद्लाई बताएअनुसार मृत्युदण्डको सजाय पाएका ५० भन्दा बढी भारतीय नागरिक विभिन्न देशका जेलमा छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा मात्रै मृत्युदण्ड सुनाइएका २६ जना भारतीय विभिन्न जेलमा छन् । भारत सरकारले सबै नागरिकलाई सबै सम्भव कानुनी सहयोग प्रदान गरिएको दाबी गरेको छ ।
यसमा यमनी नर्स निमिषा प्रिया पनि पर्छिन्, जसलाई हत्या मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ ।
यूएईमा शहजादी खानसहित तीन भारतीय नागरिकलाई मृत्युदण्ड दिइएपछि बाँकी २६ भारतीयको के हुन्छ भन्ने प्रश्न उठिरहेको छ । यसबाहेक साउदी अरेबियामा १२ र कुवेतमा ३ जना भारतीय नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनीहरू हाल जेलमा छन् ।