

काठमाडौ ।
सशस्त्र प्रहरी बलमा बढुवा भएका कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा नियुक्त गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयका अनुसार २०८१/११/२० मा भएको गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरूलाई सशस्त्रको डीआईजी नियुक्त गरिएको हो।
