Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिका र हमासबीच गोप्य बैठक





एजेन्सी ।
हमासका एक वरिष्ठ अधिकारीले अमेरिकी अधिकारीहरूसँग दुईवटा प्रत्यक्ष बैठक भइसकेको बताएका छन् । यो खबर बीबीसीले लेखेको हो ।
सम्पर्कबारे सोध्दा ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले बन्धकहरूका लागि राष्ट्रपति ट्रम्पका विशेष दूत एडम बोहेलरसँग वार्ता गर्ने अधिकार रहेको बताइन् ।
इजरायलबाट अहिलेसम्म एक मात्र आधिकारिक प्रतिक्रिया प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयबाट आएको छ । इजरायलले हमाससँग प्रत्यक्ष वार्ता गर्ने सम्बन्धमा अमेरिकालाई आफ्नो अडान अवगत गराएको जनाएको छ ।
यद्यपि वार्ताबारे इजरायली अधिकारीहरूलाई कति जानकारी दिइएको थियो भन्ने कुरा स्पष्ट छैन । हमाससँगको सम्पर्कमा अमेरिकाको तीस वर्षदेखिको प्रतिबन्धलाई ध्यानमा राख्दै जारी वार्ता अत्यन्तै असामान्य छन्, तर पूर्ण रूपमा अभूतपूर्व छैनन् ।
बीबीसीले गत वर्ष अप्रिलमा बाइडेन प्रशासनका एक सदस्यसँग अमेरिकी बन्धकबारे छलफल गर्न बैठक भएको थाहा पाएको छ । इजरायली बन्धक रिहाइका विषयमा ट्रम्पले हमासलाई ’अन्तिम चेतावनी’ दिएका छन् । तत्काल सबै बन्धक नछाडे हमासका एक जना पनि सुरक्षित नरहने चेतावनी ट्रम्पले दिएका हुन् ।
हमास र इजरायलबीच गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण फागुन १७ (मार्च १) मै सकिएको छ । अमेरिकी प्रस्तावमा इजरायलले युद्धविरामको अवधि ६ हप्ता थप गरे पनि हमासले अस्वीकार गरेको छ ।
यसपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो । जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो ।
जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट अहिलेसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासको भनाइ छ ।
युद्धविरामको पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ।बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ । हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ भने अझै अन्योलमा छ ।