Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनुषाका डिएफओ विनोद सिंहलाई उत्कृष्ट वन प्राविधिक पुरस्कार प्रदान





जनकपुरधाम ।
डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहलाई उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ ।
वन प्राविधिक संघको ५०औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव समारोहमा काठमाडौमा आज आयोजित एक कार्यक्रममा सो पुरस्कार डिएफओ सिंहलाई प्रदान गरिएको छ । वन संरक्षणको कार्यमा अतुलनिय योगदान पुर्याए बापत कार्यको उच्च मुल्यांकन सहित नगद पुरस्कार र प्रमाणपत्रबाट सम्मानित गरिएको छ । पुरस्कारको राशी ४० हजार नगद रहेको छ ।
वन अतिक्रमण नियन्त्रण, भूमाफियाहरुले लालपुर्जा बनाई हकभोग गरिसकेको अरबौं मूल्यको जग्गा फिर्ता ल्याई राज्यको कायम गरेको, वन व्यवस्थापन र सुशासन कायम गर्नमा पनि उहाँको योगदान रहेको छ ।
डिएफओ सिंहको कामकाजलाई मधेश सरकारले पनि आफनो उपलब्धिको रुपमा राखेको छ । संघीय वन वातावरण मन्त्रालयका सचिव दिपककुमार खरालले सो पुरस्कार प्रदान गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, वन तथा वातावरण मन्त्री ऐनबहादुर सिंह ठकुरी लगायतले बोल्नुभएको थियो ।