Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव आफ्नै ओछ्यानमा मृत भेटिए





जनकपुरधाम ।
मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत भेटिएका छन् । मधेश भवन परिसर भित्रै रहेको आवासमा यादव आज आफ्नै ओछ्यानमा मृत भेटिएका हुन् ।
मृत भेटिएका यादव कोठा भित्रै वान्ता गरेको समेत पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए । मृत्युको कारण भने अहिले खुलेको छैन् ।
शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।