

रौतहट ।
मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले दिएको निर्देशन नमान्ने सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ परेका छन् ।
सञ्चालक राजन साहले निर्देशन विपरीत अस्पताल सञ्चालन गरेकाले साहलाई आज बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो।
अस्पताल अनुगमनको क्रममा गत शनिबार साँझ मुख्यमन्त्री सिंहले उक्त अस्पताल मापदण्ड विपरीत दर्ता समेत नरहेको पाइएपछि अस्पताल बन्द गर्ने निर्देशनसहित लिखित पत्र थमाएका थिए ।
अस्पतालका सञ्चालकलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न मुख्य मन्त्री सिंहले दिएको निर्देशन पनि आज अस्पताल सञ्चालन गरेको जानकारी आउनासाथ सञ्चालक साहलाई पक्राउ गरिएको डिएसपी राजकुमार राईले बताए ।
हाल उक्त अस्पतालका सञ्चालक साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा लिएर अनुसन्धान गरि कारबाही गर्ने डिएसपी राईले जानकारी दिए ।
