

एजेन्सी ।
रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ ९७ औं अस्करमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस–एन्जलसस्थित डल्बी थिएटरमा यसवर्षको अस्कर अवार्ड प्रदान गरियो ।
सिन बेकरद्वारा लेखन, निर्देशन र सम्पादन गरिएको फिल्म ‘अनोरा’ले न्युयोर्कको ब्रुकलिनकी एक यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको विवाहको कथा भन्छ ।
तिनीहरूको विवाहले चुनौतीको सामना गर्नुपर्छ किनभने भान्याका आमाबाबुले यसको बारेमा थाहा पाएपछि विवाह रद्द गर्ने प्रयास गर्छन् । यो फिल्मले कान्स फिल्म फेस्टिभलमा समेत ‘पाम दे ओर’ जितेको थियो । कथावाचन र प्रस्तुतिकरणको कारण यो फिल्मले प्रशंसा पाएको छ ।
कुन विधामा कसले जिते ?
फिल्मः अनोरा
निर्देशकः सिन बेकर (अनोरा)
अभिनेताः एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)
अभिनेत्रीः मिकी माडिसन (अनोरा)
सहायक अभिनेत्रीः जोय साल्दाना (एमिलिया पेरेज)
सहायक अभिनेताः किरन कल्किन (अ रियल पेन)
सम्पादनः सिन बेकर (अनोरा)
छायांकनः लल क्रली (द ब्रुटलिस्ट)
एडप्टेड स्क्रिनप्लेः कन्क्लेभ
मौलिक पटकथाः सिन बेकर (अनोरा)
कस्ट्युम डिजाइनः विक्ड
एनिमेटेड सर्टः इन द स्याडो अफ द साइप्रस
प्रोडक्सन डिजाइनः विक्ड
ओर्जिनिल सङः एल मल (एमिलिया पेरेज)
डकुमेन्ट्री सर्टः द वन्ली गर्ल इन द अर्केस्ट्रा
डकुमेन्ट्री फिचरः नो अदर ल्याण्ड
‘एमिलिया पेरेज’बाट सहायक अभिनेत्रीमा उत्कृष्ट जोय साल्दाना
भिजुअल इफेक्टः ड्युन पार्ट २
साउण्डः ड्युन पार्ट २
लाइभ एक्सन सर्टः आइएम नट अ रोबट
मेकअप एण्ड हेयर स्टाइलिङः द सब्सटेन्स
अन्तर्राष्ट्रिय फिचरः आइएम स्टिल हेयर (ब्राजिल)
ओर्जिनल स्कोरः डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)
