Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा जनकपुर पब्लिक विजयी





जनकपुरधाम ।
जनकपुरधाममा शनिबारबाट शुरु भएको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गतको उदघाटन खेलमा जनकपुर पव्लिक स्कुलले शिशु प्रज्ञा सदनलाई ९ रनले पराजित गरेको छ । प्रतियोगिताको पहिलो खेलमा शिशु प्रज्ञा सदनलाई ९ रनले पराजित गरेको जनकपुर पब्लिकले विजयी शुरुवात गरेको हो ।
टस जितेर पहिले ब्याटिङ्ग गर्न आएका जनकपुर पब्लिक स्कुलले १ सय १० रनको स्कोर खडा गरेको थियो । जनकपुर पव्लिककालागि ओम यादव सर्वाधिक ३८ र रिजवान राइनले ९ रनको योगदान दिएका थिए । शिशु प्रज्ञा सदनकालागि शिवम ठाकुर तीन र दिव्यान्सु मिश्रले २ विकेट लिन सफल भएका थिए ।
एक सय ११ रनको लक्ष्य सहित जवाफी ब्याटिङ्ग गर्न उतरिएको शिशु प्रज्ञा सदनको टिम १ सय १ रनमा सीमित भएको थियो । शिशु प्रज्ञा सदनकालागि दिव्यान्सु मिश्रले ३५ र आकाश शर्माले १० रनको योगदान गरेका थिए ।
जनकपुर पव्लिककालागि आदित्य यादवले चार र करण यादवले २ विकेट लिन सफल भएका थिए ।
खेलको म्यान अफ दि म्याच आदित्य यादव भएका थिए ।