Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाली साहित्यको सफल नाम ‘विप्लव प्रतीक’

विप्लव भन्नु हुन्छ– मेरो जीवनसाथी साहित्य नै हो





सेतो कपाल, सेतो दाढी यो कुनै बृद्धको हुलिया मैले वर्णन गरेको होइन । यो विप्लव प्रतिकको पहिचान जस्तै बनिसकेको छ । यही हुलियाले विप्लवलाई अरुभन्दा भिन्न बनाउँछ । विप्लव नेपाली साहित्यको प्रसिद्ध नाम हो । उहाँका अनेकौँ कविता संग्रह, कथा, नाटक तथा उपन्यास लगायतका संग्रह प्रकाशित भईसकेका छन् । उनका कृतिहरु नेपालभन्दा बाहिर पनि चर्चा पाउने गरेका छन् ।
उहाँको कविता वाचन गर्ने अन्दाजले दर्शक त दर्शक साहित्यकारहरुलाई पनि लोभ्याउँछ । मिठो स्वर, रसिलो अन्दाज र चमकिलो अनुहारले आफू तर्फ आकृष्ट गर्छ नै उहाँको कविताले त झन सुनु सुनु झैँ बनाउँछ । विप्लवको कविता ‘मलाई मन छ म भएको कसैलाई थाहै नहोस, मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस’ले खुबै ख्याती प्राप्त गर्यो ।
हुन त यो एउटा मात्रै पंक्ति हो तर मेरो सम्पुर्ण जीवनको सत्य चाहीँ यही नै हो । भन्ने कुरा उहाँले पटक पटक भन्नु हुन्छ ।
उहाँ भन्नु हुन्छ मेरो मनबाट लेखेका केही शब्द कैयौँ मनका आवाज बन्छन् । जसले मलाई उत्साहित गर्छ लेख्न र म लेख्छु । म सबथोक बिर्सिन सक्छु तर लेख्न कहिल्यै पनि होइन । म ३ सय ६५ वटै दिन लेख्छु र आफूलाई लेख्न बाध्य बनाउँछु । किनभने मेरो विवाह नै साहित्यसंग भईसकेको हो । जसरी स्वास्नीको ७ जुनीसम्मको यात्रा हुन्छ त्यस्तै मेरो यात्रा पनि साहित्यसंग जारी छ ।
उहाँको कुरा संगै उहाँको व्यवहारलाई पनि सबैले उतिकै मन पराउँछन् । विप्लवले आफ्ना सारा काम आफै गर्नुहुन्छ । खाना पकाउनेदेखि लिएर कपडा धुनेसम्मको काम आफै गर्नुहुन्छ । उहाँ भन्नु हुन्छ म अरुलाई अढ़ाउनु भन्दा आफै गर्न मलाई मज्जा लाग्छ । म सबथोक गर्न सहमत छु । किन अरुले मेरो काम गरिदिनु पर्यो उहाँ भन्नु हुन्छ ।
विप्लव आफै पनि एक्लै बस्नु हुन्छ । उहाँ भन्नु हुन्छ म एक्लै बस्दै आएको छु । शुरुका दिनमा प्रायः जसो बाहिरै खाना खाने गर्थे । बाहिरको खाँदा ्सबै स्वाद जिब्रोमा आईसकेको थियो । अब आफै पकाउनुपर्छ भन्ने निधो गरे त्यसपछि आफ्नो व्यक्तिगत सबै काम आफै गर्ने बानी बस्यो ।
अन्य साहित्यकार भन्दा एकदमै अलग र चाखलाग्दो छ उहाँको दिनचर्या । सामान्य दिन विप्लव घरबाहिरै भेटिन्छन् । साहित्यिक कार्यक्रम, सांगीतिक प्रस्तुति, नाटक तथा चित्रकला प्रदर्शनीमा व्यस्त भई मज्जाले आफ्नो एक्लोपनलाई पनि आनन्दले रमाएका हुन्छन् ।
उहाँ भन्नु हुन्छ श्रृजना, पाककलामा मात्र होइन, श्रृंगार सजावट र सरसफाईमा पनि मेरो समय मज्जाले बित्छ ।
विप्लव प्रतीक मुलतः कवि हुनु हुन्छ तर उहाँ प्रत्येक गुणबाट परिपूर्ण हुनु हुन्छ । उहाँको साहित्यिक गुणमै फर्कौँ । उहाँको नहारेको मान्छे (कविता संग्रह), ए पर्सन किस्ड बाइ द मुन (कविता संग्रह), अविजित (उपन्यास) प्रकाशित छन् । भारतीय महाभोज उपन्यासलाई नाटक समेत बनाएका छन् र ५ सयबढी गीत समेत उहाँले रचि सक्नु भएको छ ।
यतिका कृतिका रचनाकार भएपनि उहाँ भन्नु हुन्छ ‘म आफूलाई साधारण मान्छे भन्न रुचाउँछु ।’ विप्लवले चलचित्र बनाउनुभयो, विज्ञापनहरुमा समेत काम गरे ।