Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष मुखियाको निधन





रौतहट ।
रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए । उनी लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
यसअघि रौतहटको गढीमाई, राजापुर, र ईशनाथ नगरपालिकाका गरी ३ जना वडा अध्यक्षको निधन भएको थियो । लामो समय रिक्त रहेका उक्त तीनवटै वडामा केही समय अघि उपचुनाव सम्पन्न भएको थियो ।