Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाममा तीन दिवसीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु, जनकपुरधामको कला संस्कृति पुरानो रहेकाः मुख्यमन्त्री सिंह





जनकपुरधाम ।
तीन दिवसिय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जनकपुरधाममा शुरु भएको छ । सम्वाद फाउण्डेसनको आयोजनामा शुरु भएको सो महोत्सवको उदघाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको कला संस्कृति पुरानो रहेको बताउँदै यसको प्रचारप्रसार भए पर्यटक बढ्ने र यसले प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने उल्लेख गर्नुभयो छ ।
उहाँले समाज परिवर्तनमा सिनेमा समेत प्रभावकारी माध्यम भएकोले यस प्रकारको महोत्सवले मिथिलाको कला संस्कृतिलाई विश्व बजारमा पु¥याउनमा मद्दत पुग्ने बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकाको हुनर पहिचान गरी अगाडि बढाउनुपर्ने बताउँदैै उहाँले भन्नुभयो यस प्रकारको महोत्सवहरु जनकपुरधाममा हुँदा कलाकारहरु पनि उत्पादन हुनेछ ।
कार्यक्रममा पूर्वमन्त्री जुली महतोले जनकपुरधामको विश्वमा छुट्टैै पहिचान भएकोले यहाँको कला संस्कृतिको साथसाथै यसको गरिमा धेरै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले जनकपुरधाममा पनि फिल्मको छायाँकन हुन सक्ने किसमको वातावरण तयार गर्नका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयोे । उहाँले जनकपुरधामको विकासमा धेरै पूर्वाधारको आवश्यकता रहेकोले ती पूर्वाधारहरु निमार्णका लागि तीनतहकै सरकारको सहयोग आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकुमार यादवले नेपाली फिल्मलाई समेत विश्व बजारमा पु¥याउनका निमित यस प्रकारको महोत्सवको आवश्यकता रहेकोले हाम्रा धार्मिक, सांस्कृतिक र परम्पराहरुलाई सिनेमाका माध्यमबाट विश्व समुदायलाई देखाउन सकिने बताउनुभयो । नेपाली कांग्रेसका नेता एवम् प्रदेशसभा सदस्य राम सरोज यादवले समाजमा रहेका विकृतिहरु अन्त्यका लागि चेतना जगाउने काममा सिनेमा सबैभन्दा सबल माध्यम रहेको जिकिर गर्नुभयो । प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुरले जनकपुरधाम एउटा ऐतिहासिक ठाँउ भएकाले यसको विशेषतालाई विश्व समक्ष पुर्याउने काममा सिनेमाको महत््वपूर्ण स्थान हुन सक्ने बताउनुभयो ।
विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष ज्योत्सना साउदले सिनेमा समाजको चित्र देखाउने सबै भन्दा सशक्त माध्यम भएकोले यो महोत्सवले सिनेमा उद्योगलाई नयाँ उचाइमा पुर्याउने बताउनुभयो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले मैथिली कला संस्कृति निकै समृद्ध रहेकाले यहाँको विषयवस्तुमा दर्जनो सिनेमा बन्न सक्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता संवाद फाउण्डेसनका अध्यक्ष कुमार भास्करले गर्नुभएको थियो । मैथिली विकास कोषको भवनमा तीन दिन सम्म चल्ने उक्त महोत्सवमा दस विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिने छ ।