Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्वीकृति नलिई सडक खन्नेलाई काठमाडौं महानगरको ५० हजार जरिबाना





काठमाडौं ।

काठमाडौं महानगरपालिकाले हाँडीगाउँमा स्वीकृति नलिई सडक खन्ने एक जनालाई कारबाही गरेको छ ।

महानगर प्रहरी बलले ५ नम्बर वडाको हाँडीगाउँमा सडक र फुटपाथ खनेको भेटेको थियो । उक्त सडक खन्ने रोशन रेग्मीलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको नगर प्रहरी बलले जनाएको छ ।

‘हामीले पछिल्लो समय नगरभरि मापदण्ड विपरीत, अनुशासनहीन जस्ता कार्यलाई निगरानी गरिरहेका छौं । जहाँ भेटे त्यहीँ कारबाही गर्छौं,’ एक नगर प्रहरी अधिकृत भन्छन् ।