Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशबारे अन्तरक्रिया गर्दै





काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज भूमि सम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्ने भएको छ । नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटको मैत्री हलमा आज दिउँसो १ बजेदेखि विभिन्न पार्टीका शीर्ष नेता र विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
कार्यक्रमलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, सामाजिक लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, डा उमाशंकर प्रसादलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेका बताइएको छ ।
जसपा नेपालले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा सरकारले प्रस्तुत गरेका अध्यादेशबारे छलफलसमेत हुने बताइएको छ ।