Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आफ्नो पिएसओ सरकारले बिना कारण बोलाएको राजेन्द्र महतोको आरोप





काठमाडौँ ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पीएसओलाई बिना कारण सरकारले फिर्ता बोलाएको आरोप लगाएका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?’ भन्दै मुकुमलुङ घटनाबारे छानबिन हुनुपर्ने समेत माग गरे ।
नेपाली सेनाले समयमै मुकुमलुङ घटना बारे सरकारलाई सचेत गराएको भन्दै उनले सेना धन्यवादको पात्र रहेको बताए ।
उनले प्रहरीको संरक्षणमा आफू र आफ्ना पार्टीका कार्यकर्तामाथि ताप्लेजुङमा कुटपिट भएको आरोप लगाउँदै त्यसमाथि छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गरे । ‘मुक्कुमलुङ बचाउ पदयात्रा’ पश्चात् फागुन ८, ९ र १० गते राज्यबाट भएको दमन मानवता विरुद्धको अपराध साबित भएको आरोप उनले लगाए ।
फागुन ८ गते आफूहरू होटेलमा बस्दा जिल्ला प्रहरी प्रमुखले नै खाना र पानी किन दिएको भनेर होटेल व्यवसायीलाई थर्काएको उनले दाबी गरे । राति १२ बजे निस्कनु भनेर प्रशासनले भनेको र बाहिर निस्कँदा आक्रमणको प्रयास भएको उनले बताए ।
प्रहरीको मौनता रहस्यमय रहेको बताउँदै उनले फागुन १० गते काफ्ले पाटीदेखि फुङलिङसम्म मशाल जुलुस प्रदर्शन गर्दा शङ्कास्पद ढंगले हस्तक्षेप भएको बताए ।
मुक्कुम्लुङ आस्थाको, सांस्कृतिक र पर्यावरणीय संरक्षणको स्थल भएकाले नो केबलकार आन्दोलन भूमाफिया र दलालहरूको षड्यन्त्रको विरुद्ध आम जनताले संघर्ष गरिरहेको उनको भनाइ थियो ।