

जनकपुरधाम ।
धनुषा जिल्लाको स्थानीयतहमा तेलको व्यापक दुरुपयोग भइरहेको खबर आइरहेको बेला धनुषाको विदेह नगरपालिकामा कुपनमा कडाइ गरिएको छ । विदेहका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहले एउटा सूचना जारी गरी प्रमुख प्रशासकीय अधिकृत वा उहाँले तोकेको कर्मचारी बाहेकको कुपन मान्य नहुने जनाएका छन् ।
अरु व्यक्तिले कुपन दिदा त्यसको भुक्तानी नहुने सो सूचनामा उल्लेख रहेको छ । विदेहमा मेयर र प्रमुख प्रशासकीय अधिकृत बिच विवाद रहेको छ । प्रमुख प्रशासकीय अधिकृत साहले नगरपालिकामा कार्यरत ८३ जना अस्थायी र डेलीवेजेजका कर्मचारीलाई हटाइदिएका छन् । निष्काशनमा परेका कर्मचारीहरु अहिले आन्दोलनमा ओर्लेका छन् ।

