Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रेमिकाको पतिलाई तालमा धकेलेर मार्न खोज्दा आफै पनि झरेर एकजनाको मृत्यु





एजेन्सी ।
भारतीय राज्य महाराष्ट्रको सोलापुरमा एउटा अचम्मलाग्दो घटना सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ प्रेमिकाका श्रीमान्लाई मार्न गएका व्यक्ति पनि तालमा डुबेर मरेका हुन् । आफूहरूको अवैध सम्बन्धमा बाधा बन्दै गएका श्रीमान्बाट छुट्कारा पाउन प्रेमीसँग मिलेर पत्नीले यो षड्यन्त्र रचेकी थिइन् ।
यस विषयमा प्रहरीले श्रीमतीविरुद्ध अनुसन्धान सुरु गरेको छ । जानकारीअनुसार, यो घटना फेब्रुअरी १८ मा बार्शी तालुकको महागाउँमा भएको हो । त्यहाँ तालमा डुबेर दुई जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरूमा गणेश अनिल सपत र शंकर उत्तम पताडे हुन् । प्रहरीले यस विषयमा अनुसन्धान गर्दा गणेश सपतको शंकर पटाडेकी श्रीमतीसँग सम्बन्ध रहेको खुलासा भएको हो ।
फेब्रुअरी १८ को राति गणेश सपतले शंकर पटाडेलाई पिउने र खाना खाने बहानामा बाहिर बोलाए । दुवै जना सँगै महागाउँ तालमा पुगे, जहाँ रक्सीको नशामा डुबेर तालको पुलमा नाच्न थाले ।
यसैबीच गणेश सपतले शंकर पटाडेलाई तालमा धकेले तर सन्तुलन गुमाएका कारण उनी आफू पनि तालमा खसे । ताल गहिरो भएको र मादक पदार्थ पिएकाले दुवै जना तालबाट बाहिर निस्कन सकेनन् र उनीहरूको घटनास्थलमै मृत्यु भयो ।
यो कुरा प्रहरीले थाहा पाएपछि उनीहरूले रुपाली पटाडेलाई सोधपुछ गरे । यस क्रममा षड्यन्त्रको खुलासा भएको हो । यसपछि प्रहरीले ती महिलाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो ।