Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विश्वभरीमा प्रदूषित शहरमा दिल्ली शीर्षस्थानमा, काठमाडौँ चौथो स्थानमा





काठमाडौं ।
काठमाडौं विश्वको चौथो प्रदूषित शहर बनेको छ । काठमाडौंको वायु प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित शहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो ।
त्यस्तै दोस्रो नम्बरमा १८२ एक्यूआईसहित चीनको सांघाई शहर परेको छ भने बंगलादेशको ढाका १८६ एक्यूआई सहित तेस्रो नम्बरमा छ ।
नेपालमा भने भक्तपुर सबैभन्दा प्रदूषित शहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म भक्तपुर १९७ एक्यूआई सहित सबैभन्दा वायु प्रदूषित शहर बनेको हो ।
त्यस्तै दोस्रो स्थानमा रहेको पोखराको वायु प्रदूषण १९१ मापन गरिएको छ । पोखरा केही हप्तायता वायु प्रदूषित शहरको रूपमा शीर्षस्थानभित्र पर्दै आएको छ । खुमल्टार १९५, शंखपार्क १८३, भैंसेपाटी १७४, भरतपुर १७१, धनगढी १७० र धुलिखेल १५१ एक्यूआईसहित वायु प्रदूषणका हिसाबले अस्वस्थ शहरभित्र परेका छन् ।
वातावरण विभागका अनुसार ०–५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । त्यस्तै, ५१–१०० मध्यम, १०१–१५० हुँदा अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।