Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

केटी भगाएको विवाद उग्र बन्दा नवलपरासी पश्चिममा एकको ज्यान गयो, केही घाइते





नवलपरासी ।

नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको तनावले एक जनाको ज्यान लिएको छ ।

बेलापुरस्थित १९ वर्षीया सहाना खातुनलाई सोही ठाउँका २२ वर्षीय डाक्टर धोबीले भगाएको विषयको विवादमा एक जनाले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार विवाद बढ्दै जाँदा केटीका दाइले अर्को पक्षलाई लक्षित गरी पिकअप गाडीले ठक्कर दिएका थिए । त्यसक्रममा दुई जना घाइते भएकोमा उपचारको क्रममा एक जनाको मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पिकअप भ्यानले ठक्कर दिएपछि आक्रोशित केटा पक्षले केटीको दाइको कवाडी गोदाममा आगो लगाइदिएका थिए । त्यसपछि केटी पक्षका करिब चार सय स्थानीय जम्मा भई टायर बालेर महेशपुर–परासी सडकखण्ड अवरुद्ध बनाएका थिए ।

सोही समूहले इलाका प्रहरी कार्यालय महेशपुरको एउटा गाडी जलाएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले केही सेल अश्रु ग्याँस फायर गरेको थियो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि सशस्त्र प्रहरीको प्र.सि.सु. गुल्म हरपुरबाट ६३ जना सुरक्षाकर्मी परिचालित गरिएको थियो ।

कवाडी पसलको आगो रामग्राम नगरपालिकाको दमकलको सहयोगले निभाइएको डीएसपी थापाले जानकारी दिए । घटनामा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ ।