Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ





काठमाडौं ।

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा पक्राउ परेका हुन् ।

उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक हुन् ।

उनीविरुद्ध पीडित बालिकाका आफन्तले जाहेरी दिएका थिए । जाहेरीमा गत पुसदेखि पटक–पटक ती विद्यार्थीमाथि जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।

गत माघ २८ गते राति पनि उनले बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ ।

डीएसपी सुवेदीका अनुसार उनीविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको छ ।

गत ७ फागुनमा पक्राउ परेका उनीमाथि जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।