Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काभ्रेमा बस दुर्घटना, १७ जना घाइते





काभ्रे ।

काभ्रेको काभ्रे भन्ज्याङमा बस दुर्घटना भएको छ । काठमाडौँबाट ओखलढुङ्गाका लागि हिँडेको अरनिको यातायातको बस प्रदेश ३००१–००५ख ९९४२ नम्बरको बस मंगलबार बिहान काभ्रे भन्ज्याङमा दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बसमा २४ जना यात्रु सवार रहेका थिए ।

घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको बताइएको छ । बस घटनास्थलमै रहेकोले बाटो एकतर्फी मात्र सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।