Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महाकुम्भ स्नान गर्न गएकी सिरहाका दुई महिला सम्पर्कविहिन





जनकपुरधाम ।
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेला गएकी सिरहाको २ महिला सम्पर्कविहीन भएका छन् । सिरहाको सुखीपुर नगरपालिका–५की ७५ वर्षीया पलास यादव र औरही गाउँपालिका–३ की ५५ वर्षीया सुलेना यादव सम्पर्कविहीन भएकी हुन् ।
जसमध्ये पलास मेला भरेर आफन्तसंग घर फर्किने क्रममा गत बिहीबार राति उत्तर प्रदेशको फेफना रेल्वे स्टेसनदेखि बलिया रेल्वे स्टेसनको बीचमा सम्पर्कविहीन भएको परिवारले जनाएको छ । परिवारले निरन्तर खोजी गरे पनि उनी भेटिएकी छैनन् ।
भारतको स्थानीय प्रहरीमा पनि खोजी कार्यकालागि निवेदन दिएको र आफूहरुले पनि खोजी गरिरहेको भए पनि आमालाई फेला पार्न नसकेको छोरा रामरिझन यादवले बताए ।
सुलेना महाकुम्भ मेलाबाटै सम्पर्कविहीन छिन् । उनी पनि बिहीबार नै भीडमा हराएको उनको परिवारले जनाएको छ । आफन्तले मेलामा खोजबिन गरिरहे पनि उनलाई फेला पार्न सकेका छैनन् ।