Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तलबकालागि पहल हुने आश्वासनपछि मधेस कृषि विश्वविद्यालयमा लगाइएको ताला खुल्यो





सप्तरी ।
सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको प्रशासनिक र शैक्षिक भवनमा उपप्राध्यापक तथा कर्मचारीहरुले लगाएको ताला शनिबार खुलेको छ ।
जिल्ला समन्वय समिति सप्तरीमा भएको सर्वपक्षीय बैठकमा उपप्राध्यापक र कर्मचारीहरुको तलब भत्ता उपलब्ध गराउन मधेश प्रदेश सरकार र विश्वविद्यालयका कुलपति, उपकुलपतिलाई आग्रह गर्ने तथा विश्वविद्यालयका अन्य समस्याहरु सिनेट बैठकबाट समाधान गर्न प्रदेश सरकारलाई आग्रह गर्ने सहमतिपछि आन्दोलनरत पक्षले ताला खोलेको हो ।
छलफलमा छोटो समय उपस्थित भएका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहले फागुन २० मा बस्ने सिनेटको बैठकले समस्या समाधानमा ठोस निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।
गत भदौदेखि तलब नपाएको भन्दै मधेश कृषि विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक र कर्मचारीहरुले फागुन १ गते प्रशासनिक र शैक्षिक भवनमा तालाबन्दी गरेपछि पढाई प्रभावित भएको थियो ।