

जनकपुरधाम ।
मोडेल मेडिकल इन्स्टिच्यूटमा बिदाइ तथा स्वागत कार्यक्रम आज एक समारोहका बिच सम्पन्न भएको छ । मोडेल मल्टिपल कलेज जनकपुरधामको प्रागंणमा भएको सो कार्यक्रममा एचएसीएमएलटी तेस्रो वर्षले नयाँ बैचलाई स्वागत गरेको छ भने अन्तिम बैचका विद्यार्थीहरुलाई बिदाइ गरेको छ ।
सो समारोहमा बोल्दै मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्र साहले विद्यार्थीले लक्ष्य निर्धारण गरेर पढाइलाई मात्र नभइ जीवनलाई अगाडी बढाउनुपर्छ बताउनुभयो ।
८, ९, १०,११ र १२ मा जसले राम्रो ढंगले पढाइ गर्छ उसलाई जीवनमा पढाइसँग जोडिएको कहिलेपनि समस्या नहुने उहाँले बताउनुभयो । जीवनमा अनुशासनको आवश्यकता माथि चर्चा गर्दै संस्थापक साहले ठूलो भएपछि बुबा र आमालाई अपमान गर्ने परिपाटी बढेकोमा आलोचना गर्नुभयो । बुबा आमाको अनुभवलाई आफनो जीवन विकासमा जोडन उहाँले सल्लाह दिनुभयो ।
आजै मोडेल सेकेन्ड्री स्कूलका १० कक्षाका विद्यार्थीहरुको विदाई कार्यक्रम पनि सम्पन्न भएको छ । सो अवसरमा बोल्दै मोडेलका संस्थापक साहले एसइइको परीक्षालाई लक्ष्यराखी पढाइ कार्य बढाउन विद्यार्थीहरुलाई सल्लाह दिनुभयो ।
साानो–सानो लक्ष्य लिएर बढदा पनि अगाडी बढन सकिन्छ उहाँको कथन थियो । आफूपनि मोडेल स्कूल, कलेज बनाउँदा एक्कैचोटी १० तल्ले भवन वा शैक्षिक रुपले पनि यति अगाडी बढेको त्यसको पछाडी सानो–सानो लक्ष्य लिएर अगाडी बढनु रहेको उहाँले बताउनुभयो ।
जनकपुरधाममा पढाइको राम्रो वातावरण बनि रहेको चर्चा गर्दै उहाँले निजि विद्यालय र क्याम्पसमा मोडेल, मिट, राजर्षि जनक, धनुषा साइन्स सहितमा राम्रो पढाइ भइरहेको र परिणाम पनि उपलब्धिमूलक प्राप्त भइरहेको उल्लेख गर्नुभयो ।
समारोहमा मोडेलसँग जोडिएका विभिन्न शिक्षकहरुले पनि आफना मन्तव्य राखेका थिए ।
दूबै कार्यक्रममा सांस्कृतिक कार्यक्रम अन्तर्गत गायन, नृत्य, प्रहसन र कविता पाठ पनि विद्यार्थीहरुले गरेका थिए ।

