

जनकपुरधाम ।
सामाजिक सुरक्षा भत्ता समयमा नपाएको भन्दै सिरहाको विष्णुपुर गाउँपालिकाका जेष्ठ नागरिकहरू आन्दोलित भएका छन् । गाउँपालिकाले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता रोकेपछि उनीहरू आन्दोलित भएका हुन् ।
आन्दोलित जेष्ठ नागरिकहरूले गाउँपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । केहीबेर उनीहरूले पिच सडकमै सुतेर विरोध जनाएका थिए । प्रदर्शनमा सहभागी एक जेष्ठ नागरिकले भने, “हामीलाई ६ महिनादेखि भत्ता दिइएको छैन । निर्वाचनको बेला घर–घरमा आएर भत्ता घरमै पु¥याउने वाचा गर्नेहरू अहिले बेपत्ता छन् ।
” प्रदर्शनकारीहरूले गाउँपालिकाले तत्काल भत्ता वितरण नगरे थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् । “अब पनि गाउँपालिका नसुध्रिए हाम्रो आन्दोलन निरन्तर रहनेछ,” जेष्ठ नागरिकहरु बताउँछन् ।
