Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस सरकारको संकल्प प्रस्ताव प्रमाणीकरण हुन सकेन





जनकपुरधाम ।
मधेस प्रदेश सरकारले सङ्कल्प प्रस्ताव पारित गरेर उपभोक्ता समिति मार्फत विकास निर्माणका योजना सञ्चालन गर्न थालेको छ । तर, निर्माण व्यवसायी संघ धनुषाले यसको कडा विरोध गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले समेत सङ्कल्प प्रस्तावबारे चासो देखाए पनि सरकारले बेवास्ता गर्दै योजनाहरू वितरण जारी राखेको छ । संघका अध्यक्ष अशोक कुमार चौधरीले सरकारले बजेट संशोधन गर्दै कमिसन लिने नियतले योजना बिक्री गरिरहेको आरोप लगाएका छन् ।
जसपा नेपालका नेता सरोज कुमार यादवका अनुसार सङ्कल्प प्रस्तावलाई प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रक्रिया पूरा भएको छैन । हाल प्रत्यक्ष सांसदहरूलाई ५ करोड र समानुपातिक सांसदहरूलाई डेढ करोडका योजना वितरण भइरहेको छ ।