Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सलमान रुस्दीलाई आक्रमण गर्ने युवक दोषी ठहर, ३० वर्ष जेल सजाय





न्युयोर्क । 

न्युयोर्कमा एक कार्यक्रममा बेलायती-भारतीय लेखक सर सलमान रुस्दीलाई आक्रमण घटनामा न्यु जर्सीका  हादी मटर अदातलबाट दोषी ठहर भएका छन्।

०२२ मा अगस्ट २ मा लेखक ७७ वर्षीय  सलमान रुस्दीलाई ती व्यक्तिले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। छुराले उनको एउटा आँखा, एउटा हात र कलेजोमा चोट लागेको थियो।

 

लेखक सर सलमान रुस्दी

उक्त घटनामा अदालतले २७ वर्षीय हादी मटरलाई शुक्रबार पश्चिमी न्युयोर्क राज्यको चौटौक्वा काउन्टी अदालतले हत्या प्रयास कसुरमा दोषी ठहर गर्दै ३० वर्षभन्दा बढी जेल सजाय सुनाएको बीबीसीले जनाएको छ।

साथै अदालतले आक्रमणमा सर सलमान रुस्दीको अन्तर्वार्ता लिइरहेका हेनरी रिजलाई घाइते बनाएकामा पनि उनलाई पनि दोषी ठहराएको छ।

हेनरी रिजको टाउकोमा सामान्य चोट लागेको थियो।