Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

किटका संस्थापक अच्युत सामन्तलाई उच्चस्तरीय समितिले बयानकालागि बोलायो





एजेन्सी ।
छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तलाई शुक्रबार सरकारसामु उपस्थित हुन भनेको छ ।
उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंलाई फेब्रुअरी २१ मा साँझ ६ः ३० बजे स्टेट गेस्ट हाउसमा उच्चस्तरीय समितिसमक्ष उपस्थित हुन अनुरोध गरिएको छ ।’ समितिले प्रमाणको रूपमा पर्याप्त कागजातहरू पेस गर्न सामन्तलाई भनेको छ ।
गृह विभागका अतिरिक्त मुख्य सचिव सत्यव्रत साहूको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । आत्महत्याको परिस्थिति, संस्थानका अधिकारीहरूले गरेको मनमानी कारबाही, विद्यार्थीहरूको विशेष समूहलाई मात्र सूचना जारी गर्ने, उनीहरूका लागि संस्थान अनिश्चितकालका लागि बन्द गर्ने र अन्य सम्बन्धित मामिलाहरूको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ ।
यसअघि समितिले बुधवार किटको भ्रमण गरेको थियो । यस क्रममा समितिका सदस्यहरूले प्रकृति लम्सालको आत्महत्या प्रकरणमा क्याम्पसमा विरोध गर्दा त्यहाँका कर्मचारीहरूको दुव्र्यवहारमा परेका नेपाली विद्यार्थीहरूसँग कुराकानी पनि गरेका थिए ।
‘उच्चस्तरीय समितिलाई यस विषयमा छानबिन गर्न जो कोहीलाई पनि बोलाउने अधिकार छ । समितिले कानुनको आधारमा काम गरिरहेको छ’ उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजले भने ।
प्रदेश सरकार विद्यार्थीहरूको हितको रक्षा गर्न प्रतिबद्ध भएको पनि उनले बताएका थिए । प्रदेश सरकारले नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गरेको र घटनाका बारेमा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराएको पनि बताइएको छ ।
२० वर्षीय प्रकृति लम्सालको आत्महत्यापछि किटमा हङ्गामा भएको थियो । नेपाली विद्यार्थीहरूले घटनाको विरोध गर्दै न्यायको माग गरेका थिए । विरोध प्रदर्शनबाट आक्रोशित किट व्यवस्थापनले करिब हजार नेपाली विद्यार्थीहरूलाई निलम्बन गरेको सूचना जारी गरी सोमबार नै क्याम्पस छोड्न आदेश दिएको थियो ।