

जनकपुरधाम ।
मैथिली विकास कोषको प्रागंणमा आज वृक्षारोपण गरिएको छ ।
कोषका अध्यक्ष जीवनाथ चौधरीको नेतृत्वमा गरिएको वृक्षारोपणमा पूर्व मन्त्री एवं कांग्रेस नेता रामसरोज यादव, डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंह, प्रदेश वन निर्देशनालयका अधिकृत सुरेश् शर्मा, जनकपुरधाम वडा नम्बर ८ का वडाध्यक्ष दिनेश सिंह, पूर्व वडाध्यक्ष रमेश ठाकुर, सुरेन्द्र ठाकुर, जनकपुरधाम उपमहानगरपालिका शिक्षा समितिका सदस्य दीपक ठाकुर लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
जनकपुरधामको वडा–८ ज्ञानकूप संस्कृत नमूना माध्यमिक विद्यालयका ठिक अगाडि तथा बहुचर्चित धार्मिकस्थलको रूपमा रहेको विहारकुण्डको पश्चिममा कोषको आकर्षक भवनको निर्माण अन्तिम चरणमा रहेको छ ।
मधेस प्रदेश सरकारको ७ करोडको लगानीमा निर्माण भएको ४ तल्लाको आकर्षक भवनमा मिथिला क्षेत्रको संस्कृति झल्किने संग्रहालय, ३०० जना अटाउने सभाहल तथा नाटक घर, पुस्तकालय, अडियो भिडियोको निर्माण गर्ने स्टुडियो, साना–साना सभाहल सहितका अनेकन पूर्वाधारहरू भवनमा खडा गर्ने कोषको लक्ष्य रहेको छ ।


