Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

च्याम्पियन्स ट्रफीमा शुभमन गीलको शतकको मद्दतले भारतको विजयी शुरुवात





एजेन्सी ।
च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार भएको दिवा रात्रि खेलमा भारतले बङ्गलादेशलाई ६ विकेटले हराएको हो ।
बङ्गलादेशले दिएको २२९ रनको लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा २३१ रनको योगफल खडा गरेको हो । भारतका लागि शुभमन गिलले १०१ न जोडे । कप्तान रोहित शर्मा र केएल राहुलले समान ४१–४१ रन जोडे। गिल खेलको म्यान अफ द म्याच बने ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले २ बाल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २२८ रनको योगफल खडा गरेको हो । खराब सुरुवात गरेको बङ्गलादेशका लागि तोहिद ह्दोयले १०० रन प्रहार गरे । खराब सुरुवात गरेको बङ्गलादेशले ३५ रनमा नै ५ विकेट गुमाएका थियो । ह्दोय र जाकर अलीले छैटौँ विकेटका लागि १५४ रनको साझेदारी गरे। अलीले ६८ रन जोडे ।