Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायलाई कांग्रेसले स्पष्टिकरण सोधे





सर्लाही ।

नेपाली कांग्रेस सर्लाहीले क्षेत्र नं. २ का क्षेत्रीय सभापति तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायलाई स्पष्टिकरण सोधेको छ। संघीय सांसद डा. अमरेशकुमार सिंहको कार्यक्रममा सहभागी भएको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले रायलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो।

फागुन ३ गते क्षेत्र नं. ४ को बलरामामा सांसद सिंहले आयोजना गरेको शिक्षक सम्मान कार्यक्रममा राय सहभागी भएका थिए। सिंह कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर सांसद निर्वाचित भएका थिए।

जिल्ला उपसभापति तथा अनुशासन समितिका संयोजक डा.सरोज कुमारद्वारा हस्ताक्षरित पत्रमा रायले अन्य नेताहरुको कार्यक्रममा भाग लिएर आफ्नै पार्टीका नेतालाई आरोप तथा गालीगलौच गरेको उल्लेख छ।

सर्लाही कांग्रेसमा संस्थापन पक्ष र इतर पक्षबीच मतभेद रहँदै आएको छ। यस घटनाले पार्टीभित्रको आन्तरिक विभाजन थप चर्किएको संकेत गरेको छ।