Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसकेन्द्रित ८ दलिय मोर्चा भूमि अध्यादेशको विपक्षमा





काठमाडौं ।
मधेश केन्द्रित आठ दलीय गठबन्धनले भूमि अध्यादेशले दूरगामी असर पर्ने बताएको छ ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले विज्ञप्ति निकालेर आठ दलीय गठबन्धन भूमि अध्यादेशको विपक्षमा रहेको बताएका छन् । ‘…अध्यादेशहरू विशेषतः भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र २० % भन्दा बढी मुनाफा लिन बन्देज रहेको ऐनको प्रावधानलाई विस्थापित गरी सो प्रावधान हटाउने कार्य भएको अध्यादेशले देशव्यापी बहस तीव्र आलोचनाको केन्द्रविन्दु रहेको छ’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्फत अध्यक्ष त्रिपाठीले यी अध्यादेशहरुको व्यवस्थाप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालले लिएको दृष्टिकोणको स्वागत गरेका छन् । जसपा नेपालको निर्णयले सार्वजनिक जग्गा, वनक्षेत्र, बुट्यान, हाट, हाटघाट, गौचर, बजार, राष्ट्रिय निकुञ्ज वा आरक्ष, मध्यवर्ती क्षेत्रको जग्गा, चुरे क्षेत्र को संरक्षण गर्न भूमिका खेल्ने विश्वास रहेको जनाइएको छ ।