Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत र बंगलादेश खेल्दै





काठमाडौं ।

पाकिस्तानमा सुरु भएको नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दोस्रो खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्दै छन् ।

भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ ।

समूह ए अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो ।

मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।

समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।

हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

भारत–बांग्लादेशका संभावित प्लेइंग–११ः

भारतीय टीमः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), हार्दिक पंड्या., रवींद्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शमी र अर्शदीप सिंह ।
बांग्लादेशी टीमः तंजीद हसन, सौम्य सरकार, नजमुल हुसैन शांतो (कप्तान), तौहीद हृदोय, मुश्फिकुर रहीम, महमूदुल्लाह, मेहदी हसन मिराज, रिशद हुसैन, तस्कीन अहमद, नाहिद राणा र मुस्तफिजुर रहमान ।