Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व राजाको अभिव्यक्तिलाई समर्थन गर्दै राप्रपाद्वारा आन्दोलनको घोषणा





काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सबै नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न आह्वान गरेको छ । बुधवार सो पार्टीका महामन्त्री डा.धवलशम्शेर राणाले सो आह्वान गरेका हुन् ।
राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीहरूलाई साथ दिन आह्वान भएको भन्दै उनको अभिव्यक्तिलाई स्वागत समेत गरेका छन् । उनले भनेका छन् ः ‘यहि परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई सङ्कटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपालीलाई जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्छु ।’