

सुजीतकुमार झा
जनकपुरधाम ।
अतिथि गृहको पूजा जुन भव्यतासाथ एमाले नेता जानकीराम साहले गर्नुभयो यसपछि स्थानीयतहको प्रचारप्रसार उहाँको शुरु भइसक्यो जनकपुरधाममा अडकल लाग्न शुरु भइसकेको छ । मोडेल खबरमा विशेष अन्तरवार्ता दिदै उहाँले आज भन्नुभएको छ – अडकल कसरी लागि रहेको छ मलाइ थाहा छैन तर राजनीति गर्नेहरुको लक्ष्य नै चुनाब लडनु रहेको छ त्यसबाट म भाग्न सक्दिन ।
पार्टीले चुनाब लडने आदेश दियो भने म चुनाब लडन सक्छु उहाँले भन्नुभयो । मेयरको चुनाबमा सहजता हुन्छ वा संसदको मोडेल खबरको जिज्ञासामा उहाँले भन्नुभयो – मेयरको कामकाजको विषयमा मलाई थाहा छ सहजता मेयरकै चुनाब हुन्छ तर त्यो पार्टीमा निर्भर छ मलाई कसरी उपयोग गर्छ ।
जनकपुरधामको वर्तमान मेयरको कामकाजको मूल्यांकन कसरी उहाँले गरिरहनु भएको छ ? काम नहुँदा पनि विपक्ष किन मौन छन् ? नगरको सफाइमा के समस्या छ लगायत उहाँसँग जोडिएको विभिन्न विषयमा विशेष कुराकानी केहीबेरमा मोडेल खबरको पोडकास्ट चैनल https://www.youtube.com/@ModelKhabar मा सुन्न एवं हेर्न सकिन्छ ।

