Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसमा जनप्रतिनिधिको अराजकता बढ्दो, कर्मचारीमाथि आक्रमण बढ्दै





जनकपुरधाम ।
माघ अन्तिम साता धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहमाथि मेयर बेचन दासका छोरा रामभजन दासले कुटपिट गरे । रामभजनले आफ्ना बाबु नभएको बेलामा लोकसेवाबाट सिफारिस भएर आएकी एक शिक्षिकालाई किन हाजिर गराएको भन्दै प्रमुख प्रशासकीय अधिकृत साहलाई कुटेका थिए । मेयर दास आएपछि पनि प्रमुख प्रशासकीय अधिकृत साहमाथि आक्रमण गर्ने रामभजनमाथि कारवाही भएन । उल्टै उनको स्थानमा विदेह नगरपालिकाको प्रशासकिय अधिकृतमा मोहन श्रेष्ठलाई पठाई सकिएको छ ।
यस अघि सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले पनि प्रमुख प्रशासकीय अधिकृतमाथि संगीन आरोप लगाए । अध्यक्ष महतोले गत भदौ ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले ध्यानपूर्वक काम नगरेको, गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहमा वाधा उत्पन्न भएको, कार्य सम्पादन सन्तोषजनक नभएको जस्ता आरोप लगाएर उनको ठाउँमा वकिल प्रसाद पाललाई पठाइदिन अनुरोध गरे ।
अध्यक्ष महतोले भदौमा पत्र लेखेर बोलाएका पालसँग लामो समय सुमधुर सम्पन्न रहनै सकेन । गत मंसिर २० गते नै अध्यक्ष महताले प्रमुख प्रशासकीय अधिकृत पालसँग कार्यालय संचालनमा असहज परिस्थिति उत्पन्न भइ दैनिक कार्यसंचालनमा कठिनाई भएको भन्दै आफ्नो पालिकाबाट सरुवा गरिदिन मन्त्रालयलाई अर्काे पत्र लेखे ।
अध्यक्ष महतोको प्रमुख प्रशासकीय अधिकृत थिङसँग किन कुरा मिलेन, पाललाई प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याउँदा के राम्रो हुन्छ भन्ने उनले सोचेका थिए र भएन भन्ने जस्ता तथ्य सार्वजनिक भएनन् । सार्वजनिक भएको विषय के मात्रै हो भने अध्यक्ष महतोले प्रमुख प्रशासकीय अधिकृतहरु थिङ र पालको प्रतिष्ठामा सार्वजनिक रुपमा प्रश्न उठाए ।
यो प्रतिनिधिमुलक घटना हो । पछिल्लो समय जनप्रतिनिधि तथा उनीहरुका आफन्तहरु स्थानीय सरकारका कर्मचारीमाथि भौतिक आक्रमणमा उतरिन थालेका छन् । आफूहरुलाई अनावश्य दवाब दिने, धम्की दिने, डर त्रास देखाउने र भौतिक आक्रमण गर्नेसम्मका घटना बृद्धि भइरहेको स्थानीय तहका कर्मचारी बताउन थालेका छन् ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन नेपालका कार्यवाहक अध्यक्ष भोला पोखरेल जनप्रतिनिधिले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि कर्मचारीमाथि जस्तो पनि दबाब दिने प्रबृत्ति बढ्दै जादा पछिल्लो समय देशमा गुण्डाराज हाबी हुन लागेको बताउँछन् ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन केन्द्रीय समितिका महासचिव सितुप्रसाद श्रेष्ठ स्थानीय तहमा जनप्रतिनिधि आएपछि कर्मचारी बृत्तमा झनै त्रास बढेको बताउँछन् ।
‘जनप्रतिनिधिले कर्मचारीलाई सारथीको रुपमा बुझ्नु पर्ने थियो । उनीहरुले कर्मचारीलाई शत्रुको रुपमा हेर्न थाले । जनप्रतिनिधि नहुँदा एक्लै भएर पनि सार्वजनिक सेवा प्रवाह गरिरहेका कर्मचारीलाई जनप्रतिनिधि आएपछि काम गर्न सजिलो होला भन्ने लागेको थियो ।