Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आईसीसी च्याम्पियन्स ट्रफीको उदघाटन खेलमा पाकिस्तान र न्युजीलैण्ड भिड्ने





एजेन्सी ।
पाकिस्तानमा आजदेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुँदै छ । आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्वकप’मा आठ टोलीहरू सहभागी रहनेछन् ।
दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो ।
समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता तथा आयोजक पाकिस्तान र न्युजिल्याण्ड खेल्दै छन् । खेल दिउँसो पौने ३ बजेदेखि नेशनल स्टेडियम कराँचीमा सुरू हुनेछ ।
पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने त्यसअघि सन् २००९ र २००६ मा अस्ट्रेलियाले जितेको थियो ।
सन् २००२ मा भारत र श्रीलंकाले संयुक्त रूपमा उपाधि बाँडेका थिए । त्यसअघि आईसीसी नकआउट प्रतियोगिताको नामबाट सन् १९९८ मा सुरू भएको पहिलो संस्करणको उपाधि दक्षिण अफ्रिका तथा दोस्रो संस्करणको उपाधि सन् २००० मा न्युजिल्याण्डले जितेको थियो ।