Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रकृति लम्साल मृत्यु प्रकरणः केआईआईटीका २ सुरक्षा गार्ड बर्खास्त, ३ अधिकारी निलम्बन





ओडिसा ।
नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेपछि भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको छ ।
केआईआईटीले मंगलबार विज्ञप्ति जारी गरी घटनापछि तत्काल दुई सुरक्षाकर्मी कर्मचारीलाई बर्खास्त गरिएको जानकारी दिएको हो । यस्तै दुई जना वरिष्ठ छात्रावास अधिकारी र एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)का वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको अनुसन्धान नटुंगिँदासम्म निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केआईआईटीमा बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन् । त्यसपछि न्याय माग्दै त्यहाँ पढ्ने नेपाली विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन् ।