

जनकपुरधाम ।
भारतको गजियावादमा रहेको एचआरआइटी विश्वविद्यालयको कन्स्लटेन्ट मिटिगं जनकपुरधाममा सम्पन्न भएको छ । सो मिटिगंमाशिक्षासँग आबद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।
विश्वविद्यालयका प्रशासन प्रमुख समृद्धि त्यागिले एचआरआइटी विश्वविद्यालय नेपाली विद्यार्थीहरुको प्रमुख रोजाइमा रहेकाले यहाँका विद्यार्थीलाई सुविधा पनि दिदै आएको बताइन । उहाँले प्रदेश सांसद रामअशिष यादवको सिफारिमा प्रत्येक वर्ष एउटा गरीब एवं जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाउने घोषणा गरिन ।
जनकपुर एजुकेशनल कंसल्टेंसी एसोसिएशन (जेईसीए) को आयोजनामा भएको समारोहमा प्रदेश सांसद यादव, राजर्षि जनक विश्वविद्यालयका रजिष्टार सत्यनारायण साह लगायतले बोल्नुभएको थियो ।सांसद यादवले शिक्षालाई प्राथमिकतामा राखेर नेपालका सरकारले योजना ल्याउनु पर्ने आवश्यकता माथि जोड दिनुभयो ।
राजर्षि जनक विश्वविद्यालयका डिन डा. नागेन्द्र कटुवाल जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा समितिका सदस्य दीपक ठाकुर सहितको सहभागिता रहेको थियो । ।
समारोहमा मिथिला नाट्य कला परिषदका कलाकारहरुले मैथिली गीत नृत्य प्रस्तुत गरेका थिए ।


