Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

यी १८ निर्माण कम्पनी परे कालो सूचीमा





काठमाडौ । 

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ।

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ।

मुख्यव्यक्ति उमेश सिंह रहेको भाव्य कन्ट्रक्सन, पाल्हीनन्दन- २ तीन वर्षको लागि कालोसूचीमा परेको छ।

त्यसैगरी मुख्यव्यक्त रामचन्द्र गिरी रहेको आरसी कन्ट्रक्सन सुन्दर हरैचा- १२ मोरङ २ वर्ष, सोहन आवा जेभी, घोराही, सोहन निर्माण सेवा र आवा कन्ट्रक्सन प्राली दुईदुई वर्षको लागि कालो सूचीमा परेका छन्।