Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

२४ घण्टा नबित्दै विदेह नगरपालिकाका कार्यकारी अधिकृत दिपेन्द्र साहको दोस्रो अन्तरवार्ता, कर्मचारी हटाउने सम्बन्धमा के भन्नुहुन्छ ?

संघीय मन्त्रालयले नयाँ कार्यकारी अधिकृत पठाउने निर्णय गरेपछि दिपेन्द्रको भविष्य के हुन्छ ?





सुजीतकुमार झा
जनकपुरधाम ।
विदेह नगरपालिकाका दर्जनो कर्मचारीलाई कार्यकारी अधिकृतले हटाइएको आज सार्वजनिक भएपछि कार्यकारी अधिकृत दिपेन्द्र साहको मोडेल खबरले अन्तरवार्ता लिएको छ । घरबाटै कर्मचारीलाई हटाउनुको औचित्य के रहेछ ? मोडेलको प्रश्नमा उहाँले भन्नुभयो – आज होइन माघ २८ गते नै हटाइदिएको छु । जो काम गर्दैनन् त्यस्ता कर्मचारीलाई राख्नुको कुनै औचित्य छैन । फेरी प्रकृया नमिलेर राखेका कर्मचारी पनि हामी राख्दैनौ उहाँले अगाडी बताउनुभयो ।
मोडेल खबरको पोडकास्ट चैनलमा २४ घण्टा नबित्दै दोस्रो पटक अन्तरवार्ता लिइएको छ । संघीय मन्त्रालयले विदेहमा अर्को प्रमुख पठाउने निर्णय गरेको छ यस्तो अवस्थामा तफाईको भूमिका के हुन्छ यस प्रश्नमा उहाँले भन्नुभयो – मैले नयाँ हाकिमलाई स्वागत गर्छु । नयाँ हाकिम आएपछि मेरो भूमिका प्राविधिक प्रमुखको हुनेछ ।
मेयरले तफाइलाई राख्न नमानेपछि अब के हुन्छ ? मोडेलको प्रश्नप्रति उहाँले भन्नुभयो – देश कानुन चल्ने हो म यति मात्रै बुझ्छु ।
दिपेन्द्र साहसँगको EXCLUSIVE अन्तरवार्ता https://www.youtube.com/@ModelKhabar मा हेर्न र सुन्न सकिन्छ